बागमती प्रदेशका समस्याग्रस्त तीन सहकारीका ऋणीलाई ऋण तिर्न आदेश

मंगलबार, १५ माघ २०८१, १३ : ०४

काठमाडौं - बागमती प्रदेश सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीन सहकारी संस्थाका ऋणीलाई ३५ दिने सूचना जारी गरेको छ। 

समितिले सुमेरु र काठमाडौंका लालीगुराँस र नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाका ऋणीलाई आफ्नो ऋण रकमका साथसाथै ब्याजको रकम पनि आगामी ३५ दिनभित्र समितिसमक्ष बुझाउन आग्रह गरेको हो।

तीन वटै समितिलाई बागमती प्रदेश सरकारले गत पुस २८ गते समस्याग्रस्त घोषणा गरेको थियो। समितिले उक्त तीन वटा सहकारी संस्थाबाट लिएको ऋण रकमको सावाँ र ब्याज मंगलबारको मितिले ३५ दिनभित्र समिति समक्ष बुझाउन आग्रह गरेको छ।

तोकिएको समयभित्र दायित्व राफसाफ नगर्नेलाई कुनै बैंक वा वित्तीय संस्थामा भएको आर्थिक कारोबार वा अन्य चल अचल सम्पत्ति रोक्का राख्ने र कालो सूचीमा राखी कारबाही गर्ने चेतावनी पनि समितिले दिएको छ ।

समितिले हिजो सोमबार तीन वटै सहकारीका सञ्चालक तथा कर्मचारीलाई सहकारीसँग सम्बन्धित सम्पूर्ण कागजात एवं सम्पत्ति समितिसमक्ष बुझाई कार्यालय बन्द गर्न र कुनै कारोबार नगर्न समेत निर्देशन दिएको थियो ।


 

मंगलबार, १५ माघ २०८१, १३ : ०४

प्रतिक्रिया