हकप्रद सेयर जारी गर्दै सिटी होटल, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

शुक्रबार, १८ माघ २०८१, १२ : ००

काठमाडौं - सिटी होटलले हकप्रद सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ।

कम्पनी सचिव जेलिना महर्जनका अनुसार हकप्रद शेयर बिक्री प्रबन्धक नियुक्ति सम्बन्धमा सिटी होटल र प्रभु क्यापिटलबीच सम्झौता भएको हो। सिटी होटलको गत पुस २६ गते सम्पन्न नवौँ वार्षिक साधारण सभाले हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको थियो।

होटल सञ्चालक समितिले आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको १ः०.८ अनुपातमा अर्थात् ८० प्रतिशत हकप्रद सेयर ल्याउने निर्णय गरेको छ। होटलको ऋण चुक्ता गर्न हकप्रद ल्याउने निर्णय गरिएको होटलले जनाएको छ।
 

शुक्रबार, १८ माघ २०८१, १२ : ००

प्रतिक्रिया