काठमाडौं - अन्तर्राष्ट्रिय महिला टी-२० सिरिजअन्तर्गतको शनिवार भएको खेलमा नेपालले थाइल्याण्डलाई एक सय २ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपछि ब्याटिङमा उत्रिएको नेपालले पूरै २० ओभर खेलेर ९ विकेटको क्षतिमा १०१ रन बनाएको हो ।
नेपालका लागि कबिता कुँवर र बिन्दु रावलले २५-२५ रन बनाएका थिए भने कप्तान इन्दु बर्माले १५ रन बनाएकी थिइन् । थाइल्याण्डका लागि बलर थिपाटचा पुथावोंगले ३ विकेट लिएकी थिइन् भने फनिता माया र नाताया बोचाथामले २-२ विकेट लिएका थिए । अब १०२ रनको लक्ष्य पाएको थाइल्याण्डले जवाफी ब्याटिंग गर्दै छ ।
प्रतिक्रिया