काठमाडौं - आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
संस्थाले आइतबार एक सूचना प्रकाशित गर्दै सहायकदेखि अधिकृत सम्मको पदमा केही संख्याले कर्मचारी माग गरेको हो । संस्थाले वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, सुपरभाइजर, वरिष्ठ सहायक, शाखा प्रबन्धक र सहायक पदमा केही संख्याले कर्मचारी माग गरेको छ ।
उक्त पदहरूमा आवेदन दिने नेपाली नागरिकहरूले आवश्यक कागजात संकलन गरी संस्थाको आधिकारिक वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया