काठमाडौं - त्रिदेशीय महिला टी–२० क्रिकेट श्रृङ्खला अन्तर्गत नेपाल र नेदरल्याण्ड्स मैदानमा रहेका छन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा नेदरल्याण्ड्सले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङमा उत्रिएको छ । तेस्रो खेल खेलिरहेको नेपाल आज पहिलो जितको खोजीमा छ । नेदरल्याण्ड्स दोस्रो जित निकाल्ने योजनामा छ ।
नेपाल श्रृङ्खलाको पहिलो खेलमा नेदरल्याण्ड्स र शनिवार थाइल्याण्डसँग पराजित भएको थियो । नेदरल्याण्ड्स भने आफ्नो दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।
प्रतिक्रिया