त्रिदेशीय श्रृंखला: नेपालको लगातार तेस्रो हार

आइतबार, २० माघ २०८१, १५ : ५७

काठमाडौं‍ - ब्याटिङमा चुकेको नेपालले अन्तर्राष्ट्रिय टी–ट्वान्टी शृङ्खलामा लगातार तेस्रो हार भोगेको छ । आइतबार कीर्तिपुर स्टेडियममा भएको खेलमा नेपाललाई नेदरल्याण्ड्सले १५ रनले हराएको हो ।

नेदरल्याण्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली महिला टोली निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रनमा समेटियो । नेपालका लागि इन्दु बर्माले ३०, सम्झना खड्काले २३, पूजा महतोले १८ र कविता जोशीले १४ रन बनाए। सीता राना १० रनमा नटआउट रहिन् । नेपालका लागि १४ रन अतिरिक्तका रुपमा मिल्यो ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो । नेदरल्याण्डस्का लागि बवितेडी लिडाले सर्वाधिक ४१ र हेटर साइग्रेसले २६ रन बनाएकी थिइन् । फोवे मोल्कन्बरले र रोविना रिजर्कले समान २१-२१ रनको योगदान दिए ।

बलिङमा नेपालकी सीता राना मगर एक्लैले ५ विकेट लिएकी थिइन् । ३ ओभर बलिङ गरेकी उनले १२ रन दिएर ५ विकेट झारिन्। मनिषा उपाध्यायले २ विकेट लिइन् । कविता जोशी र इन्दु बर्माले समान १र१ विकेट झारे । घरेलु भूमिमा लगातार हारपछि नेपाल सिरिजबाट बाहिरिएको छ । 

आइतबार, २० माघ २०८१, १५ : ५७

प्रतिक्रिया