काठमाडौं - सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने घोषणा गरेको हो।
इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ३० प्रतिशतका दरले गद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको छ।
अब उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् वितरण गरिनेछ।
प्रतिक्रिया