भायानेट कम्युनिकेसनले माग्यो कर्मचारी

मंगलबार, २२ माघ २०८१, १२ : ५१

काठमाडौं - भायानेट कम्युनिकेसनले पोखराका लागि रिजनल एडमिन र पोखरा र टाडीका लागि एरिया सेल्स रिप्रेजेन्टेटिभ पदमा कर्मचारी माग गरेको छ।

रिजनल एडमिन पदमा आवेदन दिने इच्छुकले व्यवस्थापन विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। सोही क्षेत्रमा १ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ। फ्रेसरले पनि आवेदन दिन सक्ने कम्पनीको भनाइ छ।

यस्तै, एरिया सेल्स रिप्रेजेन्टेटिभ पदको लागि एसएलसी वा+२ उत्तीर्ण गरेको हुनुपर्नेछ। फ्रेसरले आवेदन दिन सक्नेछन्। इच्छुकले फागुन ४ गतेसम्म आवेदन दिन सक्नेछन्।

मंगलबार, २२ माघ २०८१, १२ : ५१

प्रतिक्रिया