काठमाडौं - नेपाल महिला टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत मंगलबार थाइल्यान्डले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले ६ विकेटको क्षतिमा १०६ रन जोड्यो। थाइल्यान्डका लागि पुथ्थावाङले नटआउट २५ रन र सुथिरुवाङले २७ रन जोडे। दुईबीच ५० रनको साझेदारी भएपछि थाइल्यान्डले सय रन कटाएको थियो।
नेपालका लागि मनिषा उपाध्यायले ३ विकेट लिइन्। उनले ४ ओभरमा १ मेडन राख्दा १८ रन दिइन्। डेब्यू खेलाडी रचना चौधरीले १ विकेट लिँदा पूजा महतोले पनि १ विकेट हात पार्न सफल भइन्।
प्रतिक्रिया