त्रिदेशीय श्रृंखला: नेपाल लगातार चौथो खेलमा पराजित

मंगलबार, २२ माघ २०८१, १६ : ३४

काठमाडौं - महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टिम नेपाल लगातार चौथो खेलमा पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा थाइल्याण्डसँग ५ रनले नेपाल पराजित भएको हो।

थाइल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय १ रनमात्र बनाउन सक्यो। नेपालका शीर्ष क्रमका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

रुबिना क्षेत्रीले २६, कविता जोशीले २४, रोमा थापाले नटआउट १९, पूजा महतोले १८ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। थाइल्याण्डकी थिपाचा पुथावोंगले ४ विकेट लिइन्।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रन बनायो। थाइल्याण्डका चानिदा सुथिरुआंगले २७, थिपाचा पुथावोङ्गले २५ रन बनाए।

थाइल्याण्डले ५६ रनमा ६ विकेट गुमाएको अवस्थामा सातौँ विकेटका लागि चानिदा र थिपाचाले नटआउट ५० रनको साझेदारी गरे। नेपालकी मनिषा उपाध्यायले ३ विकेट लिइन्।
 

मंगलबार, २२ माघ २०८१, १६ : ३४

प्रतिक्रिया