काठमाडौं- महिला त्रिदेशीय टी २० क्रिकेट शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो।
यसअघि नै ४ खेलमा पराजित हुँदै नेपाल उपाधिको दौडबाट बाहिरिसकेको छ । आजको खेलमा नेपाल पहिलो जित निकाल्ने योजनामा छ।
नेदरल्यान्ड्स भने आफ्नो तेस्रो जित हासिल गर्न चाहन्छ। नेदरल्यान्ड्सले पछिल्लो ४ खेलमध्ये २ खेलमा जित र २ खेलमा हार व्यहोरेको छ।
प्रतिक्रिया