काठमाडौं - त्रिकोणात्मक टी–२० सिरिजको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भएपछि नेपाल यो श्रृंखलामा जितवीहिन भएको छ ।
नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्याण्डले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्दै उपाधि कब्जा गरेको हो । थाइल्याण्डका लागि कप्तान नारुमोल चाइवाइले अविजित रहँदै सर्वाधिक २७ रन बनाइन् । त्यस्तै नानपत कोन्चारोन्काइले २३ रन बनाइन् ।
नेपालका लागि कप्तान इन्दु बर्माले ४ ओभरमा १६ रन दिएर २ विकेट लिइन् भने पुजा महतोले १ विकेट लिइन् । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८१ रन बनायो ।
प्रतिक्रिया