काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य नयाँ रेकर्ड नजिक पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा तोलामा १४०० रुपैयाँले वृद्धि भएको छ ।
सोमबार यससँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ६९ हजार ६०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा१ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । आइतबार तोलामा एक हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया