एसके इनर्जीले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

मंगलबार, २९ माघ २०८१, १० : २५

काठमाडौं - एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले प्राथमिक शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले प्रति शेयर अंकित मूल्य १ सय रुपैयाँ दरका २०,८०,००० कित्ताले हुन आउने रकम २० करोड ८० लाख बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको हो ।

उक्त क्रममा एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मे.वा. क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
 

मंगलबार, २९ माघ २०८१, १० : २५

प्रतिक्रिया