च्याम्पियन्स लिगमा आज महारथीको भिडन्त

मंगलबार, २९ माघ २०८१, १६ : ५२

काठमाडौं- यूईएफए च्याम्पियन्स लिग २०२४ २५ मा मंगलबार राति दुई महारथीको भिडन्त हुने भएको छ । 

विश्व क्लब फुटबलका दुई महारथी मानिने स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटी भिड्ने भएका हुन्।

नेपाली समयअनुसार राति १ बजेर ४५ मिनेटमा हुने खेल म्यानचेस्टर सिटीको घरेलु मैदान इतिहाद रंगशालामा हुनेछ ।

पछिल्लो तीन वर्षमा यी दुई टोलीबीच सातौं पटक एकअर्कोसँग खेल्न लागेको हो । पछिल्ला ६ भेटमा तीन खेल बराबरीमा टुंगिएको थियो ।

दुई खेल सिटीको पक्षमा जाँदा रियलले एक खेलमा विजयी हासिल गरेको छ ।

मंगलबार, २९ माघ २०८१, १६ : ५२

प्रतिक्रिया