क्रेष्ट माइक्रो लाइफको आईपीओमा कति पर्‍यो आवेदन ?

बुधबार, ३० माघ २०८१, १० : ०२

काठमाडौं - क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा १४ करोड ३६ लाख २६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएस एण्ड क्लियरिङका अनुसार उक्त आइपीओमा आज माघ २९ गते अन्तिम दिन सम्ममा ५१ हजार ४९८ जनाले १४ लाख ३६ हजार २६० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ६.३८ गुणा बढी आवेदन हो ।

कम्पनीले २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको हो।

 कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।
 

बुधबार, ३० माघ २०८१, १० : ०२

प्रतिक्रिया