हिमालयन एभरेष्ट इन्स्योरेन्स लाभांश घोषणा

बुधबार, ३० माघ २०८१, १० : २८

काठमाडौं - हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । 

इन्स्योरेन्सको माघ २९ गते दिउसो बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको ८.७५ प्रतिशत अर्थात् २१ करोड ८७ लाख ६३ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ।

 
 

बुधबार, ३० माघ २०८१, १० : २८

प्रतिक्रिया