काठमाडौं - नेपाली बजारमा बिहीबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले रुपैयाँ बढेको हो ।
बिहीबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ८०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा१ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ ३५ रुपैयाँले बढेको छ । बुधबार तोलामा १ हजार ९३० रुपैयाँ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार तोलामा १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया