बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

शुक्रबार, ०२ फागुन २०८१, १० : ४५

काठमाडौं - नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा ४०० रुपैयाँले रुपैयाँ बढेको हो ।

शुक्रवार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा१ लाख ६९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको भाउ ५ रुपैयाँले बढेको छ । बिहीबार तोलामा १ हजार ९६५  रुपैयाँ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

शुक्रबार, ०२ फागुन २०८१, १० : ४५

प्रतिक्रिया