बलेफी हाइड्रोपावरले अवितरित सेयर बिक्री खुला गर्ने

आइतबार, ०४ फागुन २०८१, १० : ३२

काठमाडौं - बलेफी हाइड्रोपावर लिमिटेडले भोलिदेखि आफ्नो अवितरित १७ लाख ९८ हजार ६५६ कित्ता शेयर बिक्री गर्न लागेको छ।

कम्पनीले संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूहको लकइनमा रहेका ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारणकै तर लकइनमा नरहेका ६ लाख १३ हजार ५७३ कित्ता शेयर उपलब्ध गराउने जनाएको छ। लकइन अवधि आउँदो चैत २९ गते सकिने कम्पनीले बताएको हो ।

सेयर बिक्रीका लागि न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।  सेयर किन्नका लागि आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ ।

यस शेयरमा सर्वसाधारण लगायत इच्छुक जो कोही व्यक्ति, संघसंस्था वा कम्पनीले आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति फागुन १९ गते रहेको छ । इच्छुक लगानीकर्ताले आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत तोकेर गोप्य शिलबन्दी बोलपत्र पेस गर्नु पर्नेछ।

यस्तो बोलपत्र फाराम एनआइएमबि एस क्यापिटल लिमिटेडको काठमाडौं स्थित लाजिम्पाट कार्यालयका साथै चिप्लेढुंगा, ट्राफिकचोक, आदर्शनगर, गोल्छाचोक शाखा कार्यालयमा पाइनेछ।
 

आइतबार, ०४ फागुन २०८१, १० : ३२

प्रतिक्रिया