सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले माग्यो कर्मचारी, कहिलेसम्म दिन पाइन्छ दरखास्त

आइतबार, ०४ फागुन २०८१, ११ : ४६

काठमाडौं - सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले शुक्रवार सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले मार्केटिङ डिपार्टमेन्ट र ब्राण्डिङ डिपार्टमेन्टमा रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले प्रकाशित गरेको सूचना अनुसार दुवै डिपार्टमेन्टमा सिनियर अफिसर, एसिस्टेन्ट म्यानेजर, जुनियर अफिसर, एसिस्टेन्ट लगायतका पदमा कर्मचारी माग गरेको छ ।

कम्पनीका अनुसार इच्छुक उम्मेदवारहरूले आवश्यक कागजात संकलन गरी फागुन १६ गतेभित्र आवेदन दिन सक्नेछन् ।
 

आइतबार, ०४ फागुन २०८१, ११ : ४६

प्रतिक्रिया