कामना सेवा विकास बैंकले माग्यो सातै प्रदेशका लागि कर्मचारी

आइतबार, ०४ फागुन २०८१, १६ : ३५

काठमाडौं - कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै एसिस्टेन्ट रिलेशनसीप म्यानेजर पदमा केही संख्याले कर्मचारी माग गरेको हो ।

बैंकले सातै प्रदेशका लागि कर्मचारी माग गरेको प्रकाशित सूचनामा उल्लेख गरेको छ । उक्त पदमा आवेदन दिनको लागि वित्तीय क्षेत्रमा करिब दुई वर्ष काम गरेको अनुभव र स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।

इच्छुक उम्मेदवारले फागुन १५ गतेभित्र आवश्यक कागजात संकलन गरी बैंकको वेबसाइट मार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
 

आइतबार, ०४ फागुन २०८१, १६ : ३५

प्रतिक्रिया