काठमाडाैं- बलेफी हाइड्रोपावर लिमिटेडले करिब १८ लाख कित्ता अवितरित हकप्रद शेयर आज फागुन ५ गतेदेखि लिलामी प्रक्रियामार्फत बिक्री खुला गरेको छ।
हालै सम्पन्न १ः१ अनुपातमा (१०० प्रतिशत) हकप्रद शेयर बिक्री प्रक्रियामा बाँकी रहेका १७ लाख ९८ हजार ६५६ कित्ता शेयर लिलामीमा राखिएको हो।
लिलामीमा रहेको शेयरमध्ये संस्थापक समूहका ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूह (लकइनमा रहेको)का ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारण समूह (लकइनमा नरहेको)का ६ लाख १३ हजार ५७३ कित्ता शेयर रहेका छन्।
कुनै पनि इच्छुक व्यक्ति वा संस्थाले यी शेयर खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ, जसमा लगानीकर्ताले १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र दिनुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता देखि अधिकतममा १० को गुणनमा शेयर खरिद गर्न सकिन्छ। बोलपत्र एनआईएमबी एस क्यापिटलको काठमाडौं लाजिम्पाटस्थित कार्यालय तथा शाखाहरू पोखरा (चिप्लेढुंगा), बुटवल (ट्राफिकचोक), वीरगन्ज (आदर्शनगर) र विराटनगर (गोल्छाचोक) मा पेस गर्न सकिनेछ।
बोलपत्र पेस गर्ने अन्तिम मिति फागुन १९ गते बैंकिङ समयसम्म तोकिएको छ।
प्रतिक्रिया