१२ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सोमबार, ०५ फागुन २०८१, १० : ३७

काठमाडौं - नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा  १२ सय रुपैयाँले रुपैयाँ बढेको हो ।

सोमबार यससँगै छापावाल सुनको मूल्य तोलामा  १ लाख ६८ हजार ७ सय  रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५ सय  रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको भाउ १५ रुपैयाँले बढेको छ । आइतबार तोलामा १ हजार ९५५ रुपैयाँ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार तोलामा १९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार, ०५ फागुन २०८१, १० : ३७

प्रतिक्रिया