काठमाडौं- फोर नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको आज दशरथ रंगशालामा सुरु हुँदैछ।
च्याम्पियनसिपको पहिलो दिन आज दुई खेल हुँदैछन् । सुरुवाती खेल म्यानमार र लेबननबिचको खेल दिउँसो २ बजे सुरु हुनेछ। साँझ ६ बजे सुरु हुने खेलमा नेपाल र कीर्गिस्तानले प्रतिस्पर्धा गर्नेछन्।
स्वदेशमै साफ च्याम्पियनसिपमा लगातार दुई पटक उपाधि जित्ने मौका गुमाएको नेपाली टोलीले यो च्याम्पियनसिपको उपाधि जितेको खण्डमा त्यसले लगातार उपाधि विहिन भएको यात्रा टुंगिनेछ ।
६ वर्ष अघि नादेज्दा कपमा नेपालले कीर्गिस्तानलाई ८-२ ले हराएको थियो।
प्रतिक्रिया