काठमाडौं - नेपाली बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा सात सय रुपैयाँले रुपैयाँ बढेको हो ।
मंगलबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ स्थिर छ । सोमबार तोलामा १ हजार ९७० रुपैयाँ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्य कायम भएको छ ।
प्रतिक्रिया