हिमालयन लाइफ इन्स्योरेन्सले बोलायो वार्षिक साधारण सभा

मंगलबार, ०६ फागुन २०८१, १२ : ५८

काठमाडौं - हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले आगामी फागुन ११ गते आफ्नो वार्षिक साधारण सभा आह्वान गरेको छ। उक्त सभा काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एन्ड बैंक्वेटमा बिहान १०:३० बजे सुरु हुनेछ।

सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव राख्नेछ। यद्यपि, बोनस सेयरमा लाग्ने करको भुक्तानी सेयरधनी आफैँले गर्नुपर्ने कम्पनीले जनाएको छ। प्रचलित कानुनी व्यवस्थाअनुसार, बोनस सेयरमा लाग्ने कर बापतको रकम प्रत्येक सेयरधनीले आफैँले भुक्तानी गर्नुपर्ने छ।

सभामा कम्पनीको प्रबन्ध पत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि रहनेछ। साथै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका बारेमा छलफल गरिनेछ। अर्को महत्त्वपूर्ण एजेन्डा भनेको आगामी आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण हुनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २५ गते शुक्रवार बुक क्लोज गरिसकेको छ। तसर्थ, माघ २४ गते बिहीबारसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
 

मंगलबार, ०६ फागुन २०८१, १२ : ५८

प्रतिक्रिया