सुनको भाउ निरन्तर आकाशिदै, तोलाको कति पुग्यो ?

बुधबार, ०७ फागुन २०८१, १० : ४९

काठमाडौं - नेपाली बजारमा बुधवार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले बढेको हो ।

बुधवार यससँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ७० हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको १५ रुपैयाँले बढेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार १ हजार ९८५ रुपैयाँ कायम भएको छ । 
 

बुधबार, ०७ फागुन २०८१, १० : ४९

प्रतिक्रिया