फागुन ८ गतेदेखि दशौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

बुधबार, ०७ फागुन २०८१, १२ : ५४

काठमाडौं -  नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौं संस्करण फागुन ८ गते देखि ११ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । 

उक्त प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ख्याति प्राप्त ब्रान्डहरूका १५० भन्दा बढी स्टल रहने आयोजकले जनाउको छ । निर्माण सम्बन्धी उद्योगहरू, कम्पनीहरू, डिलर तथा सब डिलरहरु र बिक्रेताहरूले निर्माण व्यवसाय सँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने प्रदर्शनी  र स्टलहरु रहने छन् ।

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा आयोजना गर्ने प्रदर्शनी निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरू र नवीनतम प्रविधि प्रमुख आकर्षणमा हुने आयोजकले दाबी गरेको छ ।  

बुधबार, ०७ फागुन २०८१, १२ : ५४

प्रतिक्रिया