विशाल बजारको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

विहीबार, ०८ फागुन २०८१, १० : १४

काठमाडौं - विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि भोली फागुन ९ गते बुकक्लोज गर्दै छ। 

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले फागुन २८ गते, बुधवार, त्रिभुवन आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाडौँमा वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पुँजीको १४ प्रतिशत अन्तरिम नगद लाभांश घोषणा गरी नेपाल सरकारलाई वितरण गरेको नगद लाभांश अनुमोदन गरी अर्थ मन्त्रालयको सहमति अनुसार अन्य सेयरधनीहरुलाई १४ प्रतिशत नगद लाभांश वितरण गर्ने, कम्पनीको पसलकवलसँगै शेयर गाभी स्वतः नवीकरण हुने गरेको सम्झौता खारेज गर्ने, सञ्चालक राजेन्द्र कुमार वैद्यले दिएको राजीनामा अनुमोदन गर्ने र सर्वसाधारण सेयरधनीको तर्फबाट नयाँ सञ्चालक निर्वाचन गरी नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ।

विहीबार, ०८ फागुन २०८१, १० : १४

प्रतिक्रिया