सुन–चाँदीको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार?

विहीबार, ०८ फागुन २०८१, १० : ४२

काठमाडौं - नेपाली बजारमा बिहीबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको हो ।
 
बिहीबार यससँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ७१ हजार कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको १० रुपैयाँले बढेको छ । बुधवार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार एक हजार ९९५ रुपैयाँ कायम भएको छ । 

विहीबार, ०८ फागुन २०८१, १० : ४२

प्रतिक्रिया