काठमाडौं - चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १ खर्ब २७ अर्ब बराबरको निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि माघसम्मको अवधिमा १ खर्ब २७ अर्ब निर्यात भएको हो ।
जवकि आयात भने सोही अवधिमा झण्डै १० खर्ब अर्थात ९ अर्ब ८८ अर्ब बराबर देखिएको छ । अघिल्ले आर्थिक वर्षको सोही अवधिमा आयात ८ खर्ब ९७ अर्ब रहेको थियो भने निर्यात ८६ अर्ब थियो ।
विभागका अनुसार आयात व्यापार भने क्रमशः बढ्दै गएको छ।
चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा ९ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको आयत व्यापार भएको हो। यो गत वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढी हो।
प्रतिक्रिया