नेपाल प्रहरीको प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा थप भर्ना खुल्यो

शुक्रबार, ०९ फागुन २०८१, ०८ : २८

काठमाडाैं- नेपाल प्रहरीले प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा भर्नाका लागि थप अवसर खुला गरेको छ। यसअघि मिति २०८१/०५/२८ मा प्रकाशित विज्ञापनमा संशोधन गर्दै प्रहरी निरीक्षक पदमा ६४ जनाको माग गरिएकोमा १३ जना थप गरी कुल ७७ जनाका लागि अवसर सिर्जना गरिएको छ। त्यसैगरी, प्रहरी सहायक निरीक्षक पदमा २५६ जनाको माग गरिएकोमा ६० जना थप गरी कुल ३१६ पद खुला गरिएको छ।

नेपाल प्रहरीले सूचना जारी गर्दै इच्छुक उम्मेदवारहरूलाई संशोधित सङ्ख्याअनुसार आवेदन दिन आग्रह गरेको छ। योग्य उम्मेदवारहरूले तोकिएको समयसीमाभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। थप जानकारीका लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट वा सम्बन्धित कार्यालयमा सम्पर्क गर्न सकिने जनाइएको छ। प्रहरी सेवामा प्रवेश गर्न चाहने उम्मेदवारहरूका लागि यो अवसर महत्वपूर्ण बन्न सक्छ।

शुक्रबार, ०९ फागुन २०८१, ०८ : २८

प्रतिक्रिया