काठमाडाैं- साताको अन्तिम कारोबार दिन, शुक्रबार नेपाली सुनचाँदी बजारमा मुल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको छ। यससँगै, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार रुपैयाँमा झरेको छ।
बिहीबारमात्रै सुनको भाउ तोलामा ५ रुपैयाँले बढेर १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। तर आज अचानक १ हजार रुपैयाँको गिरावट आएसँगै सुन खरिदकर्ताका लागि अवसर जस्तै बनेको छ।
यस्तै, चाँदीको भाउ पनि घट्ने क्रममै छ। आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ९९० रुपैयाँ कायम भएको छ। बिहीबार भने चाँदी १० रुपैयाँले बढेर १ हजार ९९५ रुपैयाँ पुगेको थियो।
सुनचाँदी बजारमा आएको यो मुल्य गिरावटले बजारमा थप चहलपहल बढ्ने अनुमान गरिएको छ। लगानीकर्ताहरू अबको बजार प्रवृत्तितर्फ उत्सुक छन्, किनभने सुनको भाउ निरन्तर उतार-चढाव भईरहेको छ।
प्रतिक्रिया