काठमाडौं - भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्म २५ अर्ब ८७ करोड ७८ लाख २५ हजार रुपैयाँको तरकारी आयात भएको छ ।
उक्त तरकारी आयात हुँदा ५ अर्ब १७ करोड ८ लाख ८६ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको छ । सोही अवधिमा १२ अर्ब ३२ करोड २२ लाख ११ हजार रुपैयाँको फलफूल आयात भएको छ ।
उक्त फलफूल आयात हुँदा ३ अर्ब ८९ करोड ४१ लाख ३३ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया