माघ मसान्तसम्म १८ करोड बराबरको यार्सागुम्बा निर्यात

शनिबार, १० फागुन २०८१, १५ : १८

काठमाडौं - चालु आर्थिक वर्ष २०८१\८२ को माघ मसान्तसम्म नेपालबाट १८ करोड रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ। 

भन्सार विभागका अनुसार उक्त अवधिमा ४ सय ५९ किलो यार्सागुम्बा निर्यात गरिएको हो, जसको मूल्य १८ करोड ३५ लाख ८२ हजार रुपैयाँ रहेको छ। यसको अधिकांश निर्यात चीनतर्फ गरिएको छ, जहाँ १२ करोड ७९ लाख ८१ हजार रुपैयाँ बराबरको २ सय ८८ किलो यार्सागुम्बा पठाइएको छ। 

त्यसपछि सिंगापुर, कम्बोडिया, भियतनाम र अन्य विभिन्न देशहरूसम्म पनि यार्सागुम्बा निर्यात गरिएको छ। निर्यातका अन्य प्रमुख गन्तव्यहरूमा सिंगापुरमा १ करोड ५९ लाख ६२ हजार रुपैयाँको २२ किलो यार्सागुम्बा, कम्बोडियामा १ करोड १३ लाख १८ हजार रुपैयाँको यार्सागुम्बा, र भियतनाममा १ करोड २ लाख ६७ हजार रुपैयाँको ३८ किलो यार्सागुम्बा पठाइएको छ।

अमेरिका, बेलायत, मलेसिया, जापान र थाइल्यान्डमा समेत यार्सागुम्बा निर्यात भएको छ। यस अनुसार, अमेरिका र बेलायतमा क्रमशः १९ किलो र २२ किलो यार्सागुम्बा निर्यात भएको छ, र थाइल्यान्डमा १० ग्राम यार्सागुम्बा पठाइएको छ।

शनिबार, १० फागुन २०८१, १५ : १८

प्रतिक्रिया