जयपृथ्वी बहादुर सिंह राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

आइतबार, ११ फागुन २०८१, ०७ : २८

काठमाडाैं- कैलालीको गौरीगंगामा जारी राष्ट्रिय स्तरको जयपृथ्वीबहादुर सिंह फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आज हुने खेलमा कोशी प्रदेश को टोली अनुपस्थित भएपछि सेमिफाइनल समीकरण पूरा भएको हो ।

कोशी टोली अनुपस्थित भएसंगै लुम्बिनी प्रदेशको राइजिङ स्टार क्लब अन्तिम चार मा पुगेको छ । लुम्बिनीले अब फाइनलका लागि बागमती प्रदेशको लक्की स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनल खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको फुटबल टोली बीच हुनेछ ।

मधेस प्रदेशको नवजागृति क्लबलाई पराजित गरी सुदूरपश्चिम प्रदेश यसअगाधि नै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरिसकेको थियो । प्रतियोगिताको विजेताले रु ५ लाख सहित ट्रफी पाउने छ भने उपविजेताले रु २ लाख ५० हजार सहित ट्रफी मेडल पाउने छ ।

आइतबार, ११ फागुन २०८१, ०७ : २८

प्रतिक्रिया