काठमाडाैं- नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि आजदेखि आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको छ, जसको कुल मूल्य १८ करोड ४५ लाख रुपैयाँ छ।
कम्पनीको आईपीओमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ। यदि सो अवधिमा मागअनुसार आवेदन नपरेमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ। इच्छुक लगानीकर्ताहरूले सी–आस्वा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाबाट वा मेरो सेयर पोर्टलमार्फत सहज रूपमा आवेदन दिन सक्नेछन्।
लगानीकर्ताहरूका लागि सुनौलो अवसर प्रदान गर्दै कम्पनीले सर्वसाधारणलाई सहभागिता जनाउन आग्रह गरेको छ।
प्रतिक्रिया