काठमाडौं - नेपाली बजारमा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा तिन सय रुपैयाँले बढेको हो ।
आइतबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको २० रुपैयाँले घटेर छ । शुक्रवार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार १ हजार ९७० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया