सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ योग्यता ?

आइतबार, ११ फागुन २०८१, १२ : ३८

काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंक इटहरी शाखा कार्यालयमा विभिन्न पदमा रोजगारीका अवसर खुलेका छन्। बैंकमा अफिसर, जुनियर अफिसर, एसिस्टन्स, सिनियस एसिस्टन्स र सुपरभाइजरको लागि अवसर खुलेको हो ।

अफिसर र जुनियर अफिसरको लागि आवेदन दिन इच्छुक उम्मेदवारले कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्छ भने स्नातकोत्तर उत्तीर्ण उम्मेदवारलाई प्राथमिकता दिइने जानकारी बैंकले दिएको छ। 

यसका साथै, उम्मेदवारसँग बैंकिङ क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव हुनुपर्नेछ।एसिस्टन्स, सिनियस एसिस्टन्स र सुपरभाइजर पदमा आवेदन दिन इच्छुक उम्मेदवारले पनि स्नातक तह उत्तीर्ण गर्नुपर्नेछ र बैंकिङ क्षेत्रमा कम्तीमा तीन वर्षको अनुभव हुनुपर्नेछ।

अधिकतम उमेर सिमितताका आधारमा अफिसर र जुनियर अफिसरको लागि उमेर ४० वर्ष भन्दा माथि हुनुपर्ने छैन भने एसिस्टन्स र सुपरभाइजर पदका लागि उमेर ३५ वर्षको मापदण्ड तय गरिएको छ।

इच्छुक उम्मेदवारहरूले फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन्। यस अवसरको फाइदा उठाउन इच्छुक व्यक्तिहरूलाई आवेदन पेस गर्न आग्रह गरिएको छ।

आइतबार, ११ फागुन २०८१, १२ : ३८

प्रतिक्रिया