सात महिनामा चार अर्ब ३९ करोडको जुत्ता चप्पल आयात

आइतबार, ११ फागुन २०८१, १६ : ००

काठमाडौं - चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा नेपालमा ४ अर्ब ३९ करोड रुपैयाँ बराबरको जुत्ता चप्पल आयात भएको छ।

भन्सार विभागको तथ्यांकअनुसार, १ करोड ६४ हजार ८२२ जोर जुत्ता चप्पल आयात भएको हो, जसको कुल मूल्य ४ अर्ब ३९ करोड ४ लाख ८५ हजार रुपैयाँ रहेको विभागले जानकारी दिएको छ।

यस आयातबाट २ अर्ब ५९ करोड ५७ लाख ८३ हजार रुपैयाँ बराबरको राजस्व संकलन भएको छ। यद्यपि, गत वर्षको तुलनामा चालु वर्षमा जुत्ता चप्पल आयातमा १ अर्ब ७१ करोड रुपैयाँको कमी आएको छ। 

गत वर्षको सोही अवधिमा ६ अर्ब १० करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको १ करोड २१ लाख ८३ हजार ८९० जोर जुत्ता चप्पल आयात भएको थियो, जसबाट ३ अर्ब ६५ करोड २८ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।
 

आइतबार, ११ फागुन २०८१, १६ : ००

प्रतिक्रिया