काठमाडौं - ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री गरेको आइपीओ फागन ११ गते आइतबार बाँडफाँड भएको छ । यसमा गोला प्रथामार्फत १८ हजार जना आवेदकलाई १० कित्ताका दरले १ लाख ८० हजार कित्ता सेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी गराएको छ ।
कम्पनीले माघ २१ गतेदेखि फागुन १ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ८० हजार कित्ता सेयर आइपीओ जारी गरेको थियो ।
वैदेशिक रोजगारीमा रहेकाहरूले बिक्री प्रबन्धकको वेबसाइट https://www.prabhucapital.com/ipo-allotment र सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np बाट नतिजा हेर्न सक्नेछन् ।
प्रतिक्रिया