तोलामा ५ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

सोमबार, १२ फागुन २०८१, १० : ५२

काठमाडौं - नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।

सोमबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको १५ रुपैयाँले बढेको छ । आइतबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार १ हजार ९८५ रुपैयाँ कायम भएको छ । 

 

सोमबार, १२ फागुन २०८१, १० : ५२

प्रतिक्रिया