सुनको मूल्य प्रतितोला २ सयले घट्यो

विहीबार, १५ फागुन २०८१, १० : ४९

काठमाडौं - नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो ।

बिहीबार यससँगै छापावाल सुनको मूल्य तोलामा सुन १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा  १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको ५ रुपैयाँले बढेको छ । बुधवार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदीको मूल्य  बिहीबार  १ हजार ९४५  रुपैयाँ कायम भएको छ । 
 

विहीबार, १५ फागुन २०८१, १० : ४९

प्रतिक्रिया