४५ करोडको सुपारी आयात हुँदा ८३ करोड राजस्व संकलन

विहीबार, १५ फागुन २०८१, १४ : ०५

काठमाडौं - चालु आर्थिक वर्ष (२०८१\८२) को माघ मसान्तसम्ममा ४५ करोड ५ हजार रुपैयाँको ३ हजार ३८४.९६ मेट्रिक टन सुपारी आयात भएको छ । 

उक्त परिमाणमा सुपारी आयात हुँदा ८३ करोड ३२ लाख ९६ हजार रुपैयाँ बराबर राजस्व संकलन भएको छ । सुपारीको भन्सार महसुल प्रतिकिलो १०० रुपैयाँ, अन्तःशुल्क १०० रुपैयाँका अतिरिक्त मूल्य अभिवृद्धि कर १३ प्रतिशत गरी जम्मा करिब २४० रुपैयाँ शुल्क छ । 

त्यसैले आयात मूल्यभन्दा राजस्व संकलन बढी भएको देखिन्छ । चालु वर्षको सोही अवधिमा निर्यात भने शून्य देखिएको छ  ।
 

विहीबार, १५ फागुन २०८१, १४ : ०५

प्रतिक्रिया