कृषि उत्पादनका लागि नेपाल बीउमा परनिर्भर बन्दै, सात महिनामा १ लाख मेट्रिक टन आयात

विहीबार, १५ फागुन २०८१, १६ : ०४

काठमाडौं - चालु आर्थिक वर्ष २०८१\८२ मा नेपालले कृषि उत्पादनका लागि १ लाख मेट्रिक टन बीउ आयात गर्न १५ अर्ब १० करोड ५१ लाख ३७ हजार रुपैयाँ खर्च गरेको छ। 

चालु आर्थिक वर्षमा १५ अर्ब १० करोड ५१ लाख ३७ हजार रुपैयाँको १ लाख ६७ हजार २२८ मेट्रिक टन बीउ ल्याइएको हो । टमाटर, सूर्यमुखी, उखु, प्याज, विभिन्न सजावटका फूल, तरकारी र विभिन्न खाद्यान्न बाली लगायतका बीउ आयात गरिएको छ ।

सो बीउ भित्र्याउँदा सरकारले २ अर्ब ६ करोड ८३ लाख ३१ हजार रुपैयाँको राजस्व संकलन गरेको छ । यी कृषि उपजको बीउ भारत, चीन, पाकिस्तान, टर्की, कोरिया लगायत मुलुकबाट आयात गरिएको भन्सार विभागले जनाएको छ । पछिल्लो पटक किसानले रैथाने बीउभन्दा आयात हाइब्रिड बीउ रोप्ने गरेका छन् । तर यस्ता बीउबाट एक उत्पादन मात्रै लिन पाइन्छ । 

यस कारणले नेपालले बर्षेनी अर्बोको कृषि उपजको बीउ आयात गरेको छ । गत वर्ष मात्रै २१ अर्ब ७७ करोड रुपैयाँको कृषिजन्य वस्तुको बीउ आयात भएको थियो ।
 

विहीबार, १५ फागुन २०८१, १६ : ०४

प्रतिक्रिया