ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार, १६ फागुन २०८१, ११ : १७

काठमाडौं - नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा २२०० रुपैयाँले घटेको हो ।

शुक्रबार  यससँगै छापावाल सुनको मूल्य तोलामा सुन १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको ३० रुपैयाँले बढेको छ । बिहीबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १ हजार ९१५ रुपैयाँ कायम भएको छ । 
 

शुक्रबार, १६ फागुन २०८१, ११ : १७

प्रतिक्रिया