काठमाडौं – सशस्त्र प्रहरी बलले २८ जना नयाँ प्रहरी निरीक्षकको भर्तीका लागि दरखास्त आह्वान गरेको छ।
शुक्रबार, भर्ना तथा छनोट शाखाले एक सूचना जारी गर्दै कानूनी र लेखा उपसमूहका लागि २८ जना प्रहरी निरीक्षकको चयन प्रक्रिया सुरु गरेको जानकारी दिएको छ।
कानून र लेखा उपसमूहतर्फ गरेर २८ जना नयाँ प्रहरी निरीक्षक भर्नाका लागि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी चैत १९ गतेसम्म दरखास्त दिन सक्नेछन्।
प्रतिक्रिया