काठमाडौं - कामना सेवा विकास बैंक लिमिटेडले केएसबीबीएल ओलम्पिक्स २०८१ सफलतापूर्वक सम्पन्न गरेको छ ।
कर्मचारीहरूको खेलकुदमा भएको क्षमता प्रदर्शन, आपसी सद्भाव र सहकार्यको विकास, बौद्धिक क्षमताको प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम शनिवार सम्पन्न भएको छ । शनिवार ब्याडमिन्टन डबल्स तथा चेस प्रतियोगिताहरू सम्पन्न भएका छन् । सात प्रदेश र केन्द्रीय कार्यालय गरी कुल आठ समूहबाट खेलहरू आयोजना गरिएको थियो ।
पुरुष तर्फको ब्याडमिन्टन डबल्सको फाइनल खेलमा नारायणगढ क्षेत्रका सुरेन्द्र भण्डारी र आशिष अधिकारीको जोडीले कोशी प्रदेशका उमेश घिमिरे र सुजन थपलियाको जोडीलाई हराउँदै उपाधि जितेको छ भने महिला तर्फको ब्याडमिन्टन डबल्सको फाइनल खेलमा नारायणगढ क्षेत्रका मनिषा कुमारी श्रेष्ठ र अनिषा तिवारीको जोडीले केन्द्रीय कार्यालयमा अन्सु कर्मचार्य र दीपा चौहानको जोडीलाई हराउँदै उपाधि जितेको हो ।
पुरुष तर्फको चेस प्रतियोगितामा बुटवल क्षेत्रका प्रभाकर पाण्डेले काठमाडौं क्षेत्रका सन्जीव लामालाई हराउदैं उपाधि जित्दा महिला तर्फको चेस प्रतियोगितामा केन्द्रीय कार्यालयका निशा प्रसाईले कोशी क्षेत्रका मञ्जु खत्रीलाई हराउँदै उपाधि जितेकी छन् ।
विजेता तथा उपविजेता टिमलाइ बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र प्रमुख संचालन अधिकृत विकास ढुंगानाले बैंकको तर्फबाट ट्रफि, मेडल तथा प्रमाण पत्र हस्तान्तरण गरे । उक्त प्रतियोगितामा लगायत विभिन्न विभागीय प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहालले यस्ता कार्यक्रमहरूको कर्मचारीको शारीरिक तथा बौद्धिक क्षमता अभिवृद्धि हुनुका साथै कर्मचारीहरू बिचको आपसी सम्बन्ध समेत सुमधुर हुँदै जाने विश्वास व्यक्त गरे । बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा अन्तर बैंक तथा वित्तीय संस्था स्तरीय फुटसल कप समेत आयोजना गर्दै आएको छ ।
प्रतिक्रिया