सनफ्लावर र भटमासको तेलको मूल्यमा वृद्धि

आइतबार, १८ फागुन २०८१, १६ : ०१

काठमाडौं - नेपाली बजारमा सनफ्लावर र भटमासको तेलको मूल्यमा वृद्धि भएको छ। नेपाल खुद्रा व्यवसायी संघले उपलब्ध गराएको तथ्यांकले यस्तो देखाएको हो।

संघले दिएको तथ्यांक अनुसार, १५ दिनअघि यी तेलहरूको मूल्य प्रति लिटर दुई सय ४५ रुपैयाँ थियो, भने अहिले यी तेलहरूको मूल्य प्रति लिटर दुई सय ५० रुपैयाँ पुगेको छ।

त्यस्तै,  भुटेको तोरीको तेल प्रति लिटर चार सय १० रुपैयाँ , काँचो तोरीको तेल प्रति लिटर दुई सय ४५ देखि तीन सय २५ रुपैयाँमा कारोबार भएको छ।

आइतबार, १८ फागुन २०८१, १६ : ०१

प्रतिक्रिया